कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमामा बेवारिसे शव, भारतीय प्रहरीद्वारा नेपाल प्रहरीमा खबर

कमल पन्थी

(बर्दिया) — भारत उत्तरप्रदेश राज्य मुर्तिहा कोतवालअन्तर्गत गोपिया व्यारेज नजिक एक महिला मृत अवस्थामा फेला परेकी छन् । अन्दाजी २५ वर्षकी गोरो वर्णकी पहिचान नखुलेकी महिलाको शव भेटिएपछि भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएका छन् । बायाँ हातमा सेतो धातुको अंगुठी लगाइकी ती महिला नेपाली भए जानकारी गराउन नेपाल प्रहरीलाई भनिएको छ । 

प्रहरीका अनुसार दुबै कानमा पहेलो रिङ लगाइकी छिन् । प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बर्दियाबाट महिला हराएको कुनै जानकारी नभए पनि अन्य जिल्लाको हुन सक्ने भन्दै सबै युनिटमा जानकारी गराइएको जनाए । आइतबार बिहान ८ बजे उक्त शव फेला परेपछि स्थानीयवासीले भारतीय प्रहरीलाई खबर गरेका थिए । भारतीय प्रहरीले शवबारे दुई दिनसम्म आसपासका क्षेत्रमा आफन्तीको खोजतलाश गर्दा नभेटिएपछि नेपाली सुरक्षा अधिकारीलाई जानकारी गराएका हुन् ।


भारतीय प्रहरीले घटनाका सम्बन्धमा अपराध अज्ञातसम्बन्धी मुद्दा दायर गरेको जनाएको छ ।



प्रकाशित : माघ ७, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?