वर्षाले रूरू महोत्सव प्रभावित : २० बढी पसलमा क्षति, खोलाको अस्थायी पुल बगायो
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
पाल्पा — बिहीबारदेखि परेको वर्षाले पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रमा चलेको महोत्सव प्रभावित बनेको छ । वर्षासँगै रिडी खोला बढेपछि पाल्पा र गुल्मीतर्फ राखेको २० भन्दा बढी स्टलमा क्षति पुगेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![वर्षाले रूरू महोत्सव प्रभावित : २० बढी पसलमा क्षति, खोलाको अस्थायी पुल बगायो](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2020/miscellaneous/ridi-khola-1-1712020072638-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
केही पसल राख्न नमिल्ने गरी नै बगाएको छ । रिडी खोलाले कतिपय स्टलका सामान पनि बगाएको छ । केही पसलको सामानसमेत रिडी खोलाले बगाएको तानसेन नगरपालिका–१४, अर्गलीका सञ्जय भट्टराईले बताए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्दारमा खटिएको छ । स्टल राखेका व्यवसायी वर्षाका कारण लाखौं क्षति पुगेको गुनासो गरेका छन् । बिहीबार राति रिडीखोला एक्कासि ठूलो भएपछि मेलाको लागि बनाइएको ह्यृुम पाइपसहितको अस्थायी पुल पनि बगाएको छ ।
नौ दिने रूरू महोत्सव गुल्मीतर्फ चलेको छ । पाल्पातर्फ भने कम्तीमा तीन दिनसम्म मेला लाग्छ । १ सय ५० बढी स्टल रहेको अर्गलीका वडाध्यक्ष कमल रानाले बताए । स्टलवालाहरु वर्षाका कारण आफूहरुलाई ठूलो क्षति भएको गुनासो राखेका छन् ।
महोत्सव र मेलाका लागि कालीगण्डकी नदीमा बनाएको अस्थायी पुलको केही भाग बगाएपछि स्याङ्जातर्फ आवातजावत ठप्प भएको छ । कालीगण्डकी नदी बढ्ने क्रम जारी छ भने रिडी खोला पनि बढ्ने क्रम रोकिएको छैन ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)