कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु

प्यूठान — स्वर्गद्वारी मन्दिरमा दर्शन गर्न आएका एकजना भारतीय तीर्थयात्रीको बसको ठक्करबाट निधन भएको छ ।

शुक्रबार बिहान स्वर्गद्वारीबाट दाङ जाँदै गरेको ना. ३ ख. ५५५९ नम्बरको बसले स्वर्गद्वारी–२ कुइनेटामा ठक्कर दिँदा भारत युपी. जिल्ला सराबस्तीका २५ वर्षीय गुरुप्रसाद यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

बसको ठक्करबाट भरत युपीकै २३ वर्षीय नथुराम यादव घाइते भएका छन् । बायाँ खुट्टा भाँचिएका यादवलाई उपचारका लागि दाङको घोराही लगिएको कार्कीले बताए ।गाडी र चालक अस्थायी प्रहरी पोष्ट स्वर्गद्वारी खालको नियन्त्रणमा रहेको कार्कीले बताए ।

प्रकाशित : पुस २५, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?