कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खरिदार चौधरी घुससहित पक्राउ 

नवीन पौडेल

परासी — अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले मालपोत कार्यालय पश्चिम नवलपरासीबाट बुधबार एक कर्मचारीलाई घुस सहित पक्राउ गरेको छ । भुमिसुधार शाखा कार्यालयका खरिदार नेत्र बहादुर चौधरी लाई नगद ४० हजार घुस रकमसहित पक्राउ गरेको हो । 

खरिदार चौधरी घुससहित पक्राउ 

जग्गासम्बन्धि मोहीको जग्गा बाँडफाड मिलाइदिने भन्दै घुस लिदै गर्दा खरिदार चौधरीलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । पक्राउ गरिएका चौधरीलाई बुटवलमा रहेकाे अख्तियारकाे कार्यालयमा लगिएको छ ।


केहि दिन अगाडी मात्रै रामग्राम नगरपालीकाको वडा नम्बर १८ का वडा अध्यक्ष २ लाख घुस लिएको आरोपमा पक्राउ परेका थिए । उनिमाथीको अनुसन्धान जारी छ ।

प्रकाशित : पुस २३, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?