कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मल्लरानीमा एक महिलाको शव फेला

प्यूठान — मल्लरानी गाउँपालिका–३ चौरपानीमा एक महिलाको शव खरबारीमा गाडेको अवस्थामा परेको छ । स्थानीय ६१ वर्षीया लोकादेवी गिरीको शव स्थानीयले खरबारीमा गाडेको अवस्थामा फेला पारेका हुन् ।

१३ दिन अघिदेखि सम्पर्कविहिन गिरीको शवलाई आफन्त र स्थानीयले डट्टाकुरा खरयानमा गाडेर दुईवटा खरको मुठाले ढाकेको अवस्थामा फेला पारेका थिए । गिरीलाई हत्यागरी अनुहारै नदेखिने गरी गाडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक लोकेन्द्र जीसीले बताए । गिरीको हत्या आशंकामा प्रहरीले मंगलबार ६६ वर्षीय श्रीमान खोडस गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रकाशित : पुस २२, २०७६ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?