कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुल्मीको इस्मामा जलेर एक जनाको मृत्यु 

घनश्याम गौतम

रुपन्देही — गुल्मीको इस्मा गाउँपालिका-३ तोरीपाटामा शुक्रबार राति गोठमा लागेको आगोले जलेर एक जनाको ज्यान गएको छ । स्थानीय चिन्ताबहादुर सार्कीको गोठमा राति आगो लागेको छिमेकी सुरज बमरेलले जानकारी दिए ।

गुल्मीको इस्मामा जलेर एक जनाको मृत्यु 

जलेको अवस्थामा एक जनाको शव भेटिए पनि पहिचान नभएको इस्मा प्रहरी चौकीका प्रहरी हवल्दार दयाबहादुर अधिकारी बताए ।


गोठ भएको घरका सबै सकुशल रहेकाले मृत्यु भएका व्यक्ति छिमेकी वा अरु काेही हाे भन्ने विषयमा अनुसन्धान भइरहेको अधिकारीले बताए ।


गोठमा रहेका भैंसी र गोरु पनि जलेका छन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए ।

प्रकाशित : पुस ५, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?