कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

७ हजार घूससहित सई पक्राउ

दुर्गालाल केसी

दाङ — ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हेमन्त केसी आइतबार घुससहित पक्राउ परेका छन् । केसीलाई घोराही १५ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको वली होटेलमा ७ हजार रुपयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जले जानकारी दिएको छ । 

७ हजार घूससहित सई पक्राउ

केसीले सार्वजनिक अपराधमा मुद्दा चलेका व्यक्तिलाई छुटाइदिए बापत घूस माग गर्ने गरेको सूचना तथा उजुरीको आधारमा नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले ७ हजार नगद घूस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगले जानकारी दिएको छ । उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको आयोगको नेपालगञ्ज कार्यालयका सूचना अधिकारी लोकमणि पाण्डेले बताए ।

प्रकाशित : मंसिर २२, २०७६ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?