कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त [भिडियोसहित]

मधु शाही

बाँके — ट्रकले स्कुले बालिकालाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान करिब १० बजे ठक्कर दिँदा विद्यार्थी सख्त घाइते भएका थिए । उनको अहिले उपचार भइरहेको छ ।

ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त [भिडियोसहित]

त्यसपछि आक्रोशित आफन्त, अन्य विद्यार्थी र स्थानीयवासीले ट्रकलाई घेरा हाली जलाइदिएका थिए । अहिले पनि झडप चलिरहेको छ । प्रदर्शनमा उत्रिएका केही विद्यार्थी पनि घाइते भएका छन् ।

प्रदर्शनकारीमाथि बल प्रयोग गर्न खोजेपछि झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

विद्यार्थीलाई ठक्कर दिने ट्रक चालकलाई प्रहरीले संरक्षण दिएको भन्दै आक्रोशित विद्यार्थी, स्थानीयले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् ।

भिडियो



प्रकाशित : मंसिर २२, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?