कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटक बसमा करोडको सामान तस्करी 

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको भूमहीबाट प्रहरीले एक करोड बराबरको अवैध सामान बरामद गरेको छ । शनिबार दिउँसो दिल्लीबाट काठमाडौं आउँदै गरेको पर्यटक बसमा भन्सार छली ल्याउँदै गरेको औषधि, मोबाइल र कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी विरेन्द्र थापाले बताए ।

पर्यटक बसमा करोडको सामान तस्करी 

‘महँगा ब्रान्डेड कपडा, करिब ५० हजारभन्दा माथि पर्ने मोबाइल सेट र औषधि बरामद गरिएको छ ।,’ उनले भने, ‘निकै चलाखीपूर्ण तवरले तस्करले भन्सार छलेर नेपाल प्रवेश गरेपछि हामीले भुमहीमा सवारी र सामान नियन्त्रणमा लिएका छौं । ’


बसको छतमा फल्स बटम बनाएर २१ बेरा ट्रयाकसुट, ८ कार्टुन महँगा औषधि र मोबाइल बरामद गरिएको हो ।


विशेष सुराकीका आधारमा बरामद गरिएको सामान महेशपुर भन्सार कार्यालयलाई बुझाइएको छ । सामान बरामद गरेपनि तस्करीमा संलग्न व्यक्ति भने प्रहरीले पक्राउ गर्न सकेको छैन् । ३१ जना नेपाली यात्रु लिएर आएको बसमा भूमही आइपुग्दासम्म ११ जना मात्रै थिए । सुनौलीदेखि बुटवल हुँदै भूमहीसम्म राजस्व कार्यालयको चेक पोस्टसहित करिब १० स्थानमा सशस्त्र र नेपाल प्रहरीको चेक पोस्ट छन् ।

प्रकाशित : मंसिर २१, २०७६ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?