कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोनिज प्रदेश ५ अध्यक्षमा गाहा 

माधव अर्याल

पाल्पा — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ५ को अध्यक्षमा यमबहादुर गाहा (रुपन्देही) चयन भएका छन् । तिनाउ गाउँपालिकाको दोभान सुकेतालमा सोमबार सकिएको प्रदेश ५ को अधिवेशनबाट गाहा अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

फोनिज प्रदेश ५ अध्यक्षमा गाहा 

अधिवेशनबाट खुल्ला उपाध्यक्षमा सबी थारु ( दाङ), महिला उपाध्यक्ष प्रभा गाहा(रुपन्देही), महासचिव गजेन्द्र गुरुङ (बाँके), संगठन सचिव नगेन्द्र चौधरी (दाङ), संस्थागत सचिव रवीन्द्र पुन मगर(रोल्पा), कोषाध्यक्ष विनोद श्रेष्ठ(पाल्पा) चयन भएका छन् ।


सदस्यहरु मीनाकुमारी कुमाल, निता चौधरी, विष्णुकुमार आले, रामअवतार चौधरी, प्रज्वल श्रेष्ठ, रवीन्द्रमान शेरचन र यमुना चौधरी चयन भए ।

महाधिवेशनको उद्घाटन प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले गरेका थिए ।


प्रकाशित : मंसिर १७, २०७६ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?