ऐरावतीका दुवै वडामा नेकपा विजयी

गिरुप्रसाद भण्डारी

प्यूठान — वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा प्यूठानको ऐरावती गाउँपालिकाका दुईओटै वडाहरुमा नेकपाका उम्मेदवार विजयी भएका छन् । ऐरावती–१ मा नेकपाका द्रोणप्रसाद पाण्डे र २ मा भिमेशकुमार घर्ती विजय भएका हुन् ।

ऐरावती–१ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख र २ मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष केशवराज आचार्य समन्वय समितिकै प्रमुख भएपछि उपनिर्वाचन भएको हो। केन्द्रमा नेकपा र राष्ट्रिय जनमोर्चाको तालमेल भएपनि जिल्लामा नेकपाले तालमेल उल्ल्घंनगरी नेकपाले भिमेशकुमार घर्तीलाई निर्वाचनमा होमेको थियो। उनी स्वतन्त्ररुपमा लठ्ठी चिन्ह लिएर उठेका थिए।

भिमेशको विजयसँगै राष्ट्रिय जनमोर्चाले ऐरावती–२ गुमाएको छ। पाण्डेले ६९६ मत लिएर नेपाली कांग्रेसका अमररेश्मी मगरलाई सानो अन्तरले मात्रै पराजित गरेका हुन्। अमरले ६८७ मत ल्याएका थिए। मतान्तर जम्मा ९ मात्र रहेको छ। ऐरावती–२ मा नेकपाका भिमेशकुमार घर्तीले ८५५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी राष्ट्रिय जनमोर्चाका भक्तबहादुर विकले ४०४ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका भुपाल जीसीले ३५६ मत ल्याएका छन्।

प्रकाशित : मंसिर १५, २०७६ १६:११
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नयाँ स्वीमिङ पुलमा पानी हालियो [तस्बिरहरु]

पुलमा कार्यरत राष्ट्रिय खेलकुद परिषदका इन्जियनियर भन्छन् – लगभग तयार ।
राजु घिसिङ, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बहुप्रतिक्षित हिटिङ सिस्टमको नयाँ स्वीमिङ पुलमा आइतबार बिहान पानी हालिएको छ । हिटिङ सिस्टमको परीक्षण पनि सफल भएको इन्जिनियरले बताएका छन् । यससगै १३ औं सागको लागि स्वीमिङ पुल तयार भएको भन्ने अवस्थामा आइपुगेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बनाइएको २५ गुणा २५ मिटरको स्वीमिङ पुलबारे नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले भने, ‘१० लाख लिटर पानी अटाउने स्वीमिङ पुलमा करिब २ लाख लिटर हालिसकेका छौं। आज साँझसम्म पुल पानीले भरिनेछ। यससँगै हामी पौडीको प्रतिस्पर्धा नयाँ पुलमा आयोजना गर्नसक्ने अवजस्थामा आइपुगेका छौं।’ त्यससँगै रहेको आउटडोर पुलको पानीलाई हिटिङ सिस्टमको नयाँ इन्डोर पुलमा हालिएको हो। पानी हाल्ने काम बिहान आठ बजे सुरु गरिएको थियो।
‘अमेरिकाबाट ल्याइएको तीनवटा हिटिङ सिस्टमको मेसिनको परीक्षण पनि सफल भयो,’ झण्डै २३ करोड रुपैयाँमा निर्मित १० लेनको पुलमा कार्यरत राष्ट्रिय खेलकुद परिषदका इन्जियनियर कर्मा शाहीले भने, ‘मेसिनले फिल्टर गर्दै पानी तताइरहेको छ। यसैलाई ट्रिटमेन्ट गरेर खेल्न योग्य बनाउने हो। अब पुल बन्यो।’ चिसो मौसमको कारण १२ औं सागलाई हिटिङ सिस्टिमको पुल आवश्यक परेको हो। अन्तर्र्ष्ट्रािय पौडी महासंघ (फिना) को नियमानुसार हिटिङ सिस्टमको स्वीमिङ पुलको तापक्रम प्रतियोगिताको बेला २६ देखि २८ डिग्री सेल्सियस हुनुपर्छ।
संघका अध्यक्ष बज्राचार्यका अनुसार स्वीमिङ पुल क्षेत्रमा टच प्याड र स्कोर बोर्ड राख्नमात्रै बाँकी छ। अन्तर्राष्ट्रिय पौडीमा २५ गुणा २५ मिटरको पुललाई ‘सर्ट कोर्स’ भनिन्छ। दक्षिण एसियाली खेलकुदको सबैभन्दा बृहत् प्रतियोगितामा पौडी पहिलोपल्ट सर्टकोर्समा हुने भएको हो। यसैगरी हिटिङ सिस्टमको पुलमा पनि पहिलोपल्ट नै प्रतिस्पर्धा गर्न लागिएको हो। यसपाली पौडीमा ३८ स्पर्धासमावेश गरिएको छ।

नेपालले दक्षिण एसियाली खेकलुदको सबभन्दा ठूलो प्रतियोगिता तेस्रोपल्ट आयोजना गर्न लागेको हो। सन् १९८४ मा भएको पहिलो संस्करणमा पौडी त्रिपुरेश्वरमा खेलाइएको थियो। ६ लेनको यो स्वीमिङ पुल चार वर्षअघिको भूकम्पले क्षतिग्रस्त बनेको थियो। आठौं साफ गेम्सको लागि सातोबोदोको अन्तर्राष्ट्रिय पौडी परिसरमा निर्मित ५० गुणा २५ मिटरको आउटडोर तयार गरिएको थियो।

प्रकाशित : मंसिर १५, २०७६ १५:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×