कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घोराही १६ मा कांग्रेस विजयी

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा कांग्रेसका ताराबहादुर डिसी विजयी भएका छन् । डिसीले १ हजार २ सय १८ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार सुरेशबहादुर केसीले १ हजार १ सय १७ र स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ७ सय २० मत प्राप्त गरेका छन् । चौधरी नेकपाका वागी उम्मेदवार हुन् ।

घोराही १६ मा कांग्रेस विजयी

यसैगरी संघीय समाजवादीकी विमला पुनले ३१, राप्रपाका प्रकाश केसीले १९, नेशनल मंगोलका पहलमान आलेले ३० र स्वतन्त्रका समीर वलीले २३ मत प्राप्त गरेका छन् । ३ हजार २ सय २६ मत खसेकोमा ६८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । वडाको मतगणना राति भएको थियो । दाङ ३ ख को मतगणना आइतबार हुने भएको छ ।

प्रकाशित : मंसिर १५, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?