कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिप दुर्घटना हुँदा बालकको मृत्यु

हरि गौतम

रुकुम पूर्व — मध्यपहाडी लोकमार्ग दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । रुकुम पश्चिमको खलंगाबाट रुकुम पूर्वको पुथात्तरगंगा गाउँपालिका तकसेरा जाँगरेको रा १ ज ४४४ नम्बरको जिप दुर्घटना हुँदा भूमे गाउँपालिका–२, का ३ वर्षीय निसिम पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

भूमे गाउँपालिका-३, को जितखोलामा दिउँसो १ बजे दुर्घटना भएको थियो । दुर्घटनामा परी ३ पुरुष र ६ जना महिला घाइते भएका छन् । दुर्घटनामा परी सिस्ने गाउँपालिकाकी सुनिता बुढा, पुथाउत्तरगंगा गाउँपालिकाकी शान्ति सुनाम, नन्दा पुन, लक्ष्मी पुन, पूर्णसिं पुन, लोकेन्द्र पुन, विरोध पुन घाइते छन् ।


भूमे गाउँपालिकाका मनबहादुर पुन र कुमारी पुन पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले बताए । दुर्घटनाको कारण खुलेको छैन । चालक मुलमान विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : मंसिर १३, २०७६ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?