सांसदका छोराले टेन्डर नपाउँदा व्यवसायीलाई सटर खाली गराउन लगाइएको आरोप

सन्जु पौडेल

रुपन्देही — करार सम्झौता अनुसार पाँच वर्ष व्यवसाय गर्न दिन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटर व्यवसायीले माग गरेका छन् । प्रदेश सरकारले मंसिरभित्र सटर खाली गर्न दिएको निर्देशनलाई नटेरे डोजर चलाएर खाली गराइ पर्खाल बनाउने निर्णय गरेकोप्रति व्यवसायी चिन्तित देखिएका हुन् । 

अस्पतालले पाँच वर्षका लागि भाडामा दिन टेन्डर आहृान गरे अनुसार आफूहरुले करार सम्झौता गरेकाले सम्झौता अनुसार पाँच वर्ष व्यवसाय गर्न पाउनुपर्ने माग व्यवसायीहरुले दोहोर्‍याएका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी मुलुकी ऐन २०७४ को धारा ५४१ बमोजिम करार सम्झौता अनुसार पाँच वर्ष व्यवसाय गर्न पाउनुपर्ने माग गरे ।

अस्पतालका ७३ सटर मध्ये ५९ वटा सटरको पाँच वर्षका लागि भाडा सम्झौता भए अनुसार व्यवसायीको करोडौं रुपैयाँ लगानी भएको सटर व्यवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद पौडेलले बताए ।

निजी अस्पताल र मेडिकल कलेजमा बिरामी लैजाने उद्देश्य अनुसार र सांसदका छोराले टेन्डर नपाएपछि सटर खाली गराउन खोजिएको उपाध्यक्ष पौडेलले दाबी गरे । उनले प्रदेश सांसद भोजप्रसाद श्रेष्ठका छोरा सुनिल श्रेष्ठको टेन्डर नपरेपछि सटर खाली गराउने खेल सुरु भएको बताए । निजी अस्पताल र मेडिकल कलेजलाई पोस्न प्रदेश सरकारले हचुवाको भरमा व्यवसायीलाई सडकमा ल्याएर बिचल्ली बनाउन खाजेको आरोप लगाए ।

प्रदेश सरकारले अस्पतालको स्तरोन्नतिका लागि डीपीआर तयार गरेको खण्डमा सटर खाली गर्न तयार रहेको व्यावसायीले स्पष्ट पारे । व्यवसायीका समस्या सुनाउँदा मुख्यमन्त्री शंकर पोखरेलले टेन्डरमा जानु गैरकानुनी हो, अब सपिङ कम्प्लेक्समा व्यवसाय गर्नुस् भनेर गैरजिम्मेवार जवाफ दिएको समेत उनले गुनासो गरे ।

यसअघि व्यवसायीले लुम्बिनी प्रादेशिक अस्पताल, मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनाल र अस्पताल विकास समितिलाई विपक्षी बनाई जिल्ला अदालत रुपन्देहीमा रिट निवेदन दिएका थिए । रिट निवेदनमाथि मंसिर ६ गते पेशी छ ।

अस्पतालले २०७५ फागुन २८ गते र २०७६ जेठ २८ गतेको सूचना अनुसार व्यवसायीले पाँच वर्षका लागि भाडा सम्झौता गरेका थिए । तर कात्तिक १८ गते मन्त्रिपरिषद बैठक बसेर अस्पतालका सटर मंसिर मसान्तसम्म खाली नगरे डोजर लगाएर खाली गर्ने निर्णय गरेको थियो । सटर हटाएर आकर्षक पर्खाल बनाउने र विशिष्टिकृत सेवासहितको अस्पताल बनाउने उद्देश्य रहेको सरकारको भनाई छ ।

प्रकाशित : मंसिर ४, २०७६ १६:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सोमेश्वरको पहाडमा चन्द्र सूर्य खोपिँदै (तस्बिरहरु)

रमेशकुमार पौडेल

चितवन — चितवनको नेपाल–भारत सीमा क्षेत्रमा रहेको सोमेश्वर पहाड क्षेत्रमा यतिबेला २९ जना मूर्तिकारहरुले शिल्प पोखिरहेका छन् । माडी सोमेश्वर पहाडको सोमेश्वरगढी क्षेत्रमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नागरपालिकाको संयुक्त आयोजनामा मूर्तिकला कार्यशला भइरहेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाले संयुक्त रुपमा प्रस्तर मूर्तिकला कार्यशालाको आयोजना गरेको हो । मूर्तिकारहरुले मूर्ति बनाइरहेका छन् । कात्तिक २३ गते सुरु भएको कार्यशाला मंसिर १० गते सकिन्छ । ४० देखि ४५ वटा मूर्तिहरु धमाधम निर्माण भइरहेका छन् ।


प्रकाशित : मंसिर ४, २०७६ १६:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×