बस दुर्घटनामा १२ घाइते

रासस

दाङ — दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइतेमध्ये दाङ तुल्सीपुरकी आशा बस्नेत, कोहलपुर नगरपालिका–११ की जानकी पुन र बसका सहचालक राप्तीसोनारी गाउँपालिका–३ का भीमबहादुर बस्नेतलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ । तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक बमले जानकारी दिए ।

प्रकाशित : मंसिर २, २०७६ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्

सीमा सदर गराउने राम्रो मौका : रामचन्द्र पौडेल

आनन्द गौतम

ताप्लेजुङ — कांग्रेस नेता रामचन्द्र पौडेलले उत्तर दक्षिणको सीमा सदर गराउने राम्रो मौका भएको बताएका छन् । कार्यकर्ता भेटघाट तथा जागरण अभियानकालागि ताप्लेजुङ आएका उनले सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा यसका लागि सरकारलाई कांग्रेसको बलियो साथ रहेको बताए ।

फाइल तस्बिर ।

उनले दक्षिणबाट मात्रै नभएर उत्तरबाट भएको सीमा अतिक्रमणको पनि राज्यले तथ्यांक राख्नुपर्नेमा जोड दिए । यतिबेला दुईतिहाइको सरकारले बलियो खुट्टा टेक्नुपर्नेमा पौडेलको जोड छ ।

समयमै सीमा प्रशासन सजग भएको भए यस्तो अवस्था नआउने भन्दै उनले यसबाट पाठ सिकेर सीमा प्रशासन बलियो बनाउन आग्रह गरे । नेपाल र भारत दुवै देशमा स्थिर सरकार भएको बेला यो संवेदनशील विषय टुंग्याउन आग्रह गर्दै उनले नसके कांग्रेसलाई छोड्नुपर्ने बताए ।

कांग्रेस सीमा रक्षाका लागि सक्षम रहेको उनको दाबी छ । सरकार कांग्रेस सरकारको पालामा बनेका भौतिक संरचनाको उद्घाटन गर्दै हिँडेको आरोप लगाउँदै नयाँ योजना केहीपनि ल्याउन नसकेको दाबी गरे । एनसेलको कर उठाउन नसकेको, सुशासन कायम गर्न नसकेको, वाइड बढी मात्रै नभएर न्यारो वडीमा पनि कमिसनको चलखेल भएको र राज्यको ढुकुटीमा मनपरी गरेको आरोप पौडेलको छ ।

सरकारले चाहिँदो नचाहिँदो कर लगाएर जनतालाई आजित बनाएको बताउँदै उनले कम्युनिष्ट सरकार जनताको भरोसा बन्न नसकेको आरोप लगाए । महाधिवेशनको मिति निश्चित नभएकाले आफूले सभापतिको उम्मेदवारको विषयमा कुनै टुंगो नगरेको बताए । अरु पार्टीमा जस्तै आफ्नो पार्टीमा पनि छलफल बहस हुने गरेको तर विवाद नरहेको पौडेलको कथन छ । पाँचथर निर्वाचनको प्रचारमा आएका उनले जनतामा निर्वाचनको उत्साह रहेको पनि बताए ।

प्रकाशित : मंसिर २, २०७६ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×