कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

कृष्णनगरमा आज पनि कर्फ्यू जारी, शव पोस्टमार्टमका लागि तौलिहवा अस्पतालमा

मनोज पौडेल

कपिलवस्तु — सीमावर्ती बजार कृष्णनगरमा शुक्रबार पनि कर्फ्यू जारी छ । लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेबाट अनिश्चितकालका लागि कर्फ्यू लगाएको थियो ।  बिसर्जन हुन नकसेका लक्ष्मी भगवानका १३ मूर्ति बिहीबार राति १ बजेपछि प्रहरी लगाएर विर्सजन गरिएको छ ।

कृष्णनगरमा आज पनि कर्फ्यू जारी, शव पोस्टमार्टमका लागि तौलिहवा अस्पतालमा

बुधबार प्रहरीले गोली चलाउँदा मृत्यु भएका २२ वर्षे सुरजकुमार पाण्डेको शव पोस्टमार्टमका लागि बिहीबार राति तौलिहवा अस्पताल ल्याइएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक दीपशम्सेर जबराले बताए । बिहीबार राति उद्योग वाणिज्य संघ कृष्णनगर, प्रदेशसभा सदस्य र मूर्ति विसर्जन समितिका पदाधिकारी तथा स्थानीय प्रशासनबीच सहमति भएपछि मूर्ति विसर्जन गरिएको उपरीक्षक दीपशम्सेर जबराले बताए ।


कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । शुक्रबार सुरक्षा अवस्था हेरेर कर्फ्यूका बारेमा विचार गरिने उनले बताए ।

प्रकाशित : कार्तिक १५, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?