कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

संघीयता असफल बनाउन अनेक षड्यन्त्र : मुख्यमन्त्री पोख्रेल

दुर्गालाल केसी

दाङ — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संघीयता असफल बनाउन विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् । संघीयता खर्चिलो भएको, सरकारले काम नगरेको जस्ता भ्रम फैलाएर जनतामाझ नकारात्मक भावना फैलाउने काम भइरहेको उनले बताए ।

संघीयता असफल बनाउन अनेक षड्यन्त्र : मुख्यमन्त्री पोख्रेल

‘केही पनि विकासका काम नभएको हल्ला फैलाइएको छ । यसमा कुनै पनि सत्यता छैन । संघीयता असफल बनाउन सुनियोजित रुपमा यस्ता काम भएका छन्,’ मुख्यमन्त्री पोख्रेलले भने,‘यस्ता कुराको पछि नलागी बास्तविक अवस्था बुझ्न आवश्यक छ । संघीयताले जनतालाई धेरै सुविधा दिएको छ ।’ स्थानीय सरकारमार्फत् अहिले अधिकांश सेवा घर नजिकै प्राप्त भएको उनले बताए । ‘स्थानीय सरकारले धेरै कामहरु गरेका छन् । जनताले नजिकै सरकारी सेवा पाएका छन्,’ उनले भने,‘पहिले राजधानी र जिल्ला सदरमुकाम पुगेर गर्नुपर्ने काम अहिले गाउँमै भइरहेका छन् । यी संघीयताका उपलब्धी हुन् ।’


प्रदेश सरकारले ४ महिनामा २ सय किलोमिटर सडक कालोपत्रे गरेको उनले बताए । ‘यही तरिकाले प्रत्येक प्रदेश र स्थानीय तहमा काम भएका छन् । केही भएन भनेर हल्ला फिँजाएर हुन्छ,’ उनले भने,‘विकास भएन भनेर विरोध मात्रै गर्ने तरिका ठिक भएन । राम्रा काममा सहयोग गर्ने परिपाटी विकास हुनुपर्‍यो ।’ विपक्षी दल र अन्य संघीयता विरोधीहरु योजनाबद्धरुपमा सरकारको आलोचनामा उत्रने गरेको उनले गुनासो गरे ।


हेभी इक्युप्मेन्ट अपरेटर संघको पहिलो प्रदेश भेलालाई मंगलबार तुलसीपुरमा सम्बोधन गर्दै पोख्रेलले हेभी इक्युप्मेन्टलाई जथाभावी सार्वजनिक सडकमा दौडाउन नहुने बताए ।


सार्वजनिक सडकमा हेभी इक्युप्मेन्ट दौडाउँदा सडकमा क्षति पुग्ने भएकाले काम हुने क्षेत्रमा मात्रै सावधानीपूर्वक प्रयोग गर्नुपर्ने उनले बताए । निर्माणका काममा ठूला गाडीहरु जथाभावी प्रयोग गर्दा प्राकृतिक विपत्ती आउने गरेको उल्लेख गर्दै उनले यसतर्फ सचेत हुन चालकहरुलाई आग्रह गरे ।

प्रकाशित : आश्विन ७, २०७६ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?