कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलबीच आरोप–प्रत्यारोप

बाँके — कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण भएपछि राजनीतिक दल आरोप प्रत्यारोपमा उत्रेका छन् । कांग्रेसले घटनामा संलग्न माथि कारबाही माग गर्दै विरोध प्रदर्शन गरिरहेको छ ।

कांग्रेसले आक्रमणमा नेकपा कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ । नेकपाले भने आरोपको खण्डन गरेको छ । गत भदौ २६ सञ्चालन भएको जागरण कार्यक्रमका बेला नेकपा कार्यकताले कुटपिट गरेर हात भाँचिएको सभापति कोइरालाले सुनाइन् । यसै विषयलाई लिएर कांग्रेसले प्रदेशसभादेखि संघीय सदन अवरुद्ध गरिसकेको छ । जिल्लामा पनि एक सातादेखि निरन्तर विरोध प्रर्दशन भइरहेको छ । कांग्रेसले सीतापुरस्थित रेडक्रसको भवनमा जागरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा केन्द्रीय प्रतिनिधि विद्या खनाल बोलिरहेका थिए । केही युवा होहल्ला गर्दै कार्यक्रम हलमा छिरे । ती युवासँग विवाद भएको थियो ।


कोइरालामाथि कुटपिट भएपछि नेकपा जिल्ला अध्यक्ष आइपी खरेल र सचिव अशोक कोइरालाले दु:ख व्यक्त गरेका थिए । उनीहरूले घटना व्यक्तिगत रिसइबीका कारण भएकाले यसलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए । घटनाको वास्तविकता लुकाएर राजनीतिक द्वन्द्व सिर्जना गरेको भन्दै कांग्रेस नेता मेहन्द्र मल्ल ठकुरीले पार्टीबाट राजीनामा दिएका छन् । उनले गत भदौ २९ मा दिएको राजीनामा पत्रमा पारिवारिक कारण उल्लेख गरे पनि वास्तवमा पार्टीको गलत राजनीतिक प्रवृत्तिदेखि टाढा हुन राजीनामा दिएको बताए ।


गत बुधबार नेपालगञ्जमा दुई युवा समुहबीच खुकुरी हानाहान भएको छ । तरुण दलका जिल्ला अध्यक्ष विरेन्द्र शाह र सचिव विनोद रिजालले घटनाप्रति ध्यानार्कषण जनाउँदै विज्ञप्ती निकालेका छन् । बिज्ञप्तीमा तरुण दल उपमहानगर अध्यक्ष सन्दिपजंग शाहमाथि खुकुरी प्रहार हुँदा जोगाउने क्रममा कार्यकर्ता अमर रोकाय र गम्भिर खड्का घाइते भएको उल्लेख छ । विनोद खड्का र दिपक थापा समुहले खुकुरी प्रहार गरेर कार्यकर्ता घाइते बनाएको तरुण दलको आरोप छ । युवा संघ उपमहानगर कमिटि र वाइसीएलले विज्ञप्ती जारी गर्दै घटनामा संलग्नता नरहेको जनाएको छ । विज्ञप्तीमा घटनामा संलग्न कुनैपनि व्यक्ति आफ्ना कार्यकर्ता नभएको दावी गरिएको छ । बिज्ञप्तीमा घटनमा छानविन गरि दोषीमाथि कारवाही गर्न प्रशासन समक्ष अनुरोध गरिएको छ ।


प्रकाशित : आश्विन ४, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?