कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हतियार चुनौती बढ्यो

काठमाडौँ — कपिलवस्तुको शुद्धोदन गाउँपालिका ६ टिटिहिरियास्थित हुलाकी मार्गमा गत साउन १६ गते स्थानीय रामनयन यादवमाथि गोली प्रहार भयो । धन्न, उनी जोगिए ।

गत वैशाख १६ गते राति वाणगंगा–८ की सुनीता थारूलाई ढुंगाले थिचेर हत्या गरियो । त्यसअघि गत चैत १७ गते कृष्णनगर–१० विद्यानगरका ४५ वर्षीय पारस पुरीको हत्या भयो । मोटरसाइकलमा आएका दुई व्यक्तिले पुरीलाई घरबाहिर बोलाएर गोली प्रहार गरेको प्रहरीको भनाइ छ । गम्भीर घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भयो ।


हत्यामा संलग्न पक्राउ परेका छैनन् । आपसी विवाद बढेपछि गत मंसिर ७ गते शुद्धोदन गाउँपालिका–४ मोतिभारीका २८ वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) लाई गोली हानेर हत्या गरिएको थियो ।


यस्ता अपराध अझै थामिएका छैनन् । ‘सुरक्षा चुनौती बढेको छ,’ प्रहरी उपरीक्षक दीपकशमशेर जबराले भने, ‘थोरै सतर्कता अपनाइएन भने ठूला घटना हुन सक्छन् ।’ आर्थिक र व्यक्तिगत रिसइबीका कारण घटना भइरहेको उनले बताए । लोकतन्त्रमा सबैले अधिकार खोज्छन् । धनसम्पत्तिको रवाफ देखाउँछन् । नेता र दलसँग पहुँच र पकड रहेको दाबी गर्छन् । ‘त्यसले प्रतिशोधको भावना बढाएको छ,’ अधिकारकर्मी आरडी ठाकुरले भने, ‘जसका कारण आपराधिक गतिविधि बढेको बढ्यै छन् ।’

प्रकाशित : आश्विन २, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?