कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीरबाट लडेर एकको मृत्यु

गिरुप्रसाद भण्डारी

प्यूठान — नौबहिनी गाउँपालिकाका–१ स्याउलीवाङको सरिमाधारा भीरबाट लडेर एकजनाको ज्यान गएको छ । शनिबार बेलुका भिरबाट लड्दा नौबहिन गाउँपालिका–१ का ४६ वर्षीय टोपबहादुर सेनठकुरीको मृत्यु भएको हो ।

नौबहिनी–२ लिघाबाट घरतर्फ फर्कँदै गर्दा सेन ठकुरीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


घटनाको वडा अध्यक्ष शेरबहादुर सेनले जानकारी दिएपछि प्रहरी चौकी स्याउलीवाङको टोली घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।


प्रकाशित : भाद्र २९, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?