कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकताले मात्र सफलता हासिल : सभापति देउवा

रासस

लमही — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताएका छन् ।

एकताले मात्र सफलता हासिल : सभापति देउवा

दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको बिहीबार शालीक अनावरण गर्दै उनले भने, 'एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिन्छ, यही अभियानमा सम्पूर्ण कार्यकर्ता लाग्नुहोस् ।' उनले पार्टीलाई बलियो बनाउन सबैले एक हुनुपर्नेमा जोड दिए ।


उनले भने, 'हिजो कसले के कमजोरी गर्‍यो त्यसको पनि लेखाजोखा हुँदै गर्ला ।' उनले निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही हुने प्रष्ट पारे । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले एकताको सुरुआत दाङबाटै गर्न पनि कार्यकर्तालाई आग्रह गरे । 'यहाँ अब प्रदेश सदस्यको उपनिर्वाचन हुँदैछ, यो कांग्रेसका लागि चुनौतीको विषय हो, यसमा पहिले जस्तो घातअन्र्तघात हुने छैन,' उनले भने । उनले बाँकेका सभापतिमाथि भएको दुर्व्यवहारको विरोध गर्दै दोषीमाथि कारवाही नगरे संसद ठप्प पार्ने चेतावनी दिए ।

प्रकाशित : भाद्र २८, २०७६ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?