कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालगन्ज-वीरेन्द्रनगर कोरिडोरमा सय अर्बको परियोजना

ठाकुरसिंह थारु

नेपालगन्ज — शहरी विकासमन्त्री मोहमद इस्तियाक राईले नेपालगन्ज उपमहानगरपालिकाको जमुनाहादेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई जोड्न अर्बन कोरिडोरको काम अगाडि बढेको बताएका छन् । उनले त्यसका लागि सय अर्ब लागतको परियोजना सन् २०५० सम्म सञ्चालन हुने बताए ।

नेपालगन्ज-वीरेन्द्रनगर कोरिडोरमा सय अर्बको परियोजना

गृह जिल्ला नेपालगन्जमा आइतबार पत्रकार सम्मेलन गरी आफ्नो मन्त्रालयले सुरु गरेको विकास निमार्णको काम बारे जानकारी गराउदै उनले अर्बन कोरिडोरबारे जानकारी दिएका हुन । मन्त्री राईले मन्त्रालय अर्न्तगत हजारौ योजना रहेको जानकारी दिए ।


मन्त्रालयले कोहलपुरसम्म रेलवे ट्रयाक निर्माण, औद्योगिक क्षेत्र विस्तार र कोहलपुरलाई जोडेर मेगा सिटीको काम अगाडि बढाएको छ । उनले विकास निमार्णका लागि स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।


बागेश्वरी मन्दिरको सटर लगायतका विषयमा आफूले कसैलाई हस्तक्षेप नगरेको मन्त्री राईको दाबी छ । नेपालगन्जको जनप्रतिनिधि भएको नाताले यहाँको हरेक विषयमा चासो राख्नु आफ्नो दायित्व भएको उनको भनाई थियो ।

प्रकाशित : भाद्र १५, २०७६ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?