कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरी हत्याका आरोपी २१ वर्षपछि पक्राउ

अमृता अनमोल

बुटवल — छोरीको हत्या अभियोगमा रुपन्देहीमा एक बाबु पक्राउ परेका छन् । गैडहवा गाउँपालिका–६ गुलरियाका ६३ वर्षे पूर्णवासी लोनिया पक्राउ परेका हुन् ।

छोरी हत्याका आरोपी २१ वर्षपछि पक्राउ

लोनियाले ०५४ सालमा घरायसी विवादका कारण १५ वर्षीया छोरी कान्ति लोनियालाई कुटेर हत्या गरी घाटमा गाडेको रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले बताए ।


करिब एक महिनापछि स्थानीय महिला घाँस काट्ने जाने क्रममा करिब मानिसको कंकाल र उखुबारीमा कान्तिको कपडा देखेपछि हत्याबारे खुलेको थियो । छोरीको सनाखतका लागि बोलाउँदा उनी फरार भएका थिए । फरार रहेका लोनियालाई २१ वर्षपछि भैरहवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रकाशित : भाद्र १२, २०७६ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?