कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगलागीले दुई घर जलेर नष्ट

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका-५ जुम्रीकाढामा मंगलबार साँझ आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । साँझ करिब ६ बजेतिर बालबालिका खेल्नेक्रममा घाँसमा आगो लगाउँदा घरसम्म आगो पगेर क्षति गरेको प्यूठान नगरपालिका ५ का वडा अध्यक्ष लक्षमण भण्डारीले जानकारी दिए ।

आगलागीले दुई घर जलेर नष्ट

आगलागीबाट स्थानीय बाबुगोपाल र छोरा गने कामीको घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनायो । स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको छ । घटनाबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


प्रकाशित : भाद्र १०, २०७६ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?