कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवामाथि खुकुरी प्रहार

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका–१५ दाङ भ्याली चोक नजिक शनिबार राति एक युवामाथि खुकुरी प्रहार भएको छ । सामान्य विवादका कारण स्थानीय १८ वर्षीय त्रिशक्ति बर्तौलामाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

खुकुरी प्रहार गरेको अभियोगमा घोराही १५ ट्राफिक चोकका २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।


घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको मेडिकल कलेज कोहलपुर लगिएको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र ८, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?