कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार आरोपमा रोजगार अधिकृत पक्राउ

बुटवल — रूपन्देहीको गैडहवा गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत जीवन ज्ञवाली सामूहिक बलात्कारमा संलग्न आरोपमा पक्राउ परेका छन् ।

गाउँकै दुई युवतीमाथि सामूहिक बलात्कारमा संलग्न अन्य आरोपित भने फरार छन् । ज्ञवालीविरुद्ध असार २ गते जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका निरीक्षक शंकर पोखरेलले जानकारी दिए ।


स्थानीय विष्णु थारूसँगै पढेका दुई युवतीसँग खाजा खान गएका थिए । खाजासँगै विष्णुले मदिरा सेवन गरे ।


मदिराले मात्तिएका विष्णुले ढिलो गरेपछि राति करिब ९ बजे युवतीहरू रेस्टुरेन्टबाट बाहिरिए । घर फर्किने क्रममा विष्णुले नै २ युवा बोलाएका थिए । ती युवा आउनेबित्तिकै जबर्जस्ती गरेका थिए ।

प्रकाशित : असार १०, २०७६ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?