कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवलपरासीमा जनपरिषद् प्रमुख र जिल्ला इन्चार्ज पक्राउ

चन्द समूहमा निगरानी
नवीन पौडेल

परासी — नेत्रविक्रम चन्द नेतृत्वको नेकपा पश्चिम नवलपरासीका इन्चार्ज पक्राउ परेका छन् । प्रहरीले गंगा ज्ञवाली(सुमन)लाई सोमबार राति बर्दघाट नगरपालिका-४ स्थित आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका डिएसपी वीरेन्द्र थापाले बताए । 

चन्द नेतृत्वको नेकपाका गतिविधि रोक्न नवलपरासीमा प्रहरीले सक्रियता बढाएको छ । ज्ञवालीलाई फागुन २९ गतेको बन्दमा नवलपरासीको सरावलमा दुई वटा ट्रकमा आगजनी गरेको अभियोगमा मुद्दा चलाई कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।


यसैगरी पूर्वी नवलपरासीमा पनि दुई जना नेकपाका नेता पक्राउ परेका छन् । प्रहरीले मंगलबार नवलपुरका जिल्ला सदस्य धनबहादुर मर्दनिया र जनपरिषद् प्रमुख दानबहादुर आचार्यलाई पक्राउ गरेको छ ।

प्रकाशित : चैत्र १२, २०७५ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?