२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

आश गुरुङ

लमजुङ — १४ वर्षीया बालिकालाईलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मध्यनेपाल नगरपालिका-७ का ४६ वर्षीय नवराज घिमिरेलाई पक्राउ गरेको छ ।

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सामान्य सुस्त मनस्थितिकी ती बालिकालाई घिमिरेले बिहीबार दिउँसो साढे ३ बजेतिरको समयमा जंगलमा एक्लै हिँडिरहेको बेला पछ्याएको र जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीले घिमिरेलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको जनाएको छ ।

घटनाबारे स्थानीयले थाहा पाएपछि उनी भागेको र राति ८ बजेतिर लुकिछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती बालिकाको स्वास्थ्य परीक्षण गरिसकिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले घिमिरेविरुद्ध जबरजस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको समेत बताए ।

प्रकाशित : वैशाख २८, २०८१ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?