२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

क्व्होलासोथारका जनप्रतिनिधिले भूकम्पपीडितलाई सहयोग पठाए

आश गुरुङ

लमजुङ — क्व्होलासोथार गाउँपालिकाका जनप्रतिनिधिले जाजरकोट भूकम्पपीडितलाई सहयोग रकम पठाएका छन् । अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमीमाया गुरुङ, ९ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु गरी ४९ जनाले १० दिनको सेवा सुविधा भूकम्पपीडितका लागि पठाएका हुन् । 

क्व्होलासोथारका जनप्रतिनिधिले भूकम्पपीडितलाई सहयोग पठाए

प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेका अनुसार क्व्होलासोथार गाउँपालिका गाउँकार्यपालिकाको बैठकको निर्णयबमोजिम सम्पूर्ण जनप्रतिनिधिको कात्तिक महिनाको सेवा सुविधाबाट एक तिहाई रकम २ लाख ५८ हजार ८ सय ३३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा दाखिला गरिएको हो ।

२०८० कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको र विपद्को दुःखद् घडीमा राहत तथा क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणका लागि कार्यपालिकाले निर्णय गरेर सेवा सुविधाबापत पाउने १० दिन बराबरको रकमपीडितलाई पठाएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।

भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि क्व्होलासोथार गाउँपालिकाको कार्यपालिका बैठकले गत कात्तिक २४ गते जनप्रतिनिधिले पाउने कात्तिक महिनाको सेवा सुविधाबाट १० दिनको रकम भूकम्पपीडितलाई पठाउने निर्णय गरेको थियो ।

प्रकाशित : पुस ६, २०८० १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?