कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

चेपे खोलाले बगाउँदा बालक बेपत्ता

आश गुरुङ

लमजुङ — चेपे खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । राइनास नगरपालिका–७ ठुलो बगैँचा बस्ने १२ वर्षीय युनिक चौलागाईं बेपत्ता भएका हुन् ।

आफ्नो घरबाट करिब २ किलोमिटर पूर्व रहेको लमजुङको राइनास नगरपालिका र गोरखा सिमाना भई बग्ने चेपे नदीमा साथीहरूसँग नुहाउन जाने क्रममा बालकलाई खोलाने बगाएको हो । राइनास नगरपालिका र गोरखा जोड्ने चेपे खोला पुलमुनि पौडी खेल्ने क्रममा बगाएपछि बालकलाई बुधबारदेखि बेपत्ता बनाएको धमिलीकुवा अस्थायी प्रहरी पोस्टले जनाएको छ ।

बालक बेपत्ता भएपछि बुधबार बेलुका साढे ५ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए । बेपत्ता बालकको खोजी कार्यका लागि ४ जना प्रहरी टोली खटिरहेको र हालसम्म फेला नपरेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए ।

प्रकाशित : भाद्र २१, २०८० १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?