कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

नारायणी नदीले खतराको संकेत नाघ्यो, तटीय क्षेत्रमा बाढीको जोखिम

नवीन पौडेल

नवलपुर — लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको सतह खतरा संकेत पार गरेको छ । नारायणी नदीको जल मापन केन्द्र देवघाटमा आइतबार राति ७ दशमलव ५१२ मिटर पुगेको छ ।

नारायणी नदीले खतराको संकेत नाघ्यो, तटीय क्षेत्रमा बाढीको जोखिम

नारायणी नदीमा ७ मिटर जल सतह पुगेपछि चेतावनीको संकेत मानिन्छ । देवघाटमा पानीको सतह बढेपछि पूर्वी नवलपरासीको पितौजी, पिठौली, अमलटारी, सेहरी नन्दपुर, विनय त्रिवेणीका तटीय क्षेत्रमा बाढीको जोखिम हुने गर्दछ ।

पूर्वी नवलपरासीको गण्डक बाँधमा २ लाख ५० हजार क्यूसेक पानीको प्रवाह रहेको छ । ३ लाख क्यूसेक पानी पुगेपछि खतराको सूचक मानिने गण्डक ब्यारेजका भुआर्जन अधिकारी अमित खड्काले बताए ।

पानीको सतह बढ्दोक्रममा रहेको र पानी पर्न नरोकिएको कारण सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा युनिटलाई तयारी अवस्थामा राखिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् ।

प्रकाशित : श्रावण २८, २०८० २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?