कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मकवानपुर अदालत : कैद र जरिवाना फर्छ्योटको दर कमजोर

हेटौंडा — जिल्ला अदालत मकवानपुरमा कैद र जरिवाना फर्छ्योट दर निकै कमजोर छ । अदालतले दोषी ठहर गरेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । फर्छ्योट हुन बाँकी कैद र जरिवाना थुप्रिएर बसेको छ ।

मकवानपुर अदालत : कैद र जरिवाना फर्छ्योटको दर कमजोर

जिल्ला अदालतले फैसला कार्यान्वयनका लागि दोषी ठहर भएर फरार रहेकाहरुको सूची जिल्ला प्रहरी कार्यालयमार्फत् प्रशासन र स्थानीय तहसम्म पनि पुर्‍याएको छ । तर फैसला कार्यान्वयनको दर भने बढ्न सकेको छैन ।

अदालतका अनुसार गत आर्थिक वर्षमा ३ हजार ७ सय ६२ वर्ष ७ महिना ९ दिन कैद असुल हुन बाँकी रहेको थियो । यो वर्षको समेत गरेर अब ३ हजार ८ सय ४० वर्ष ४ महिना १८ दिन कैद भुक्तान हुन बाँकी छ । गत आवभन्दा चालु आवमा झण्डै सय वर्ष बक्यौता कैद थपिएको छ ।

गत आवमा ३३ करोड ४८ लाख ३७ हजार जरिवाना असुली हुन बाँकी थियो । चालु आवमा जरिवाना थपिएर ४ अर्ब ६४ करोड १५ लाख ९७ हजार ५ सय ५२ रुपैयाँ बक्यौता छ । 'अदालतले दोषी ठहर गरेको तर फरार रहेकाहरुको सुची प्रत्येक इलाका प्रहरी कार्यालय र चौकीहरुमा पठाएका छौँ,' जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एव प्रवक्ता लक्ष्मी भण्डारीले भने, ‘फरार अभियुक्तहरुलाई अदालतमा पेश गर्ने काम पनि भईरहेको छ ।’

जिल्ला प्रहरी कार्यालयले आव २०८०/०८१ को ११ महिनामा फरार अभियुक्तमध्ये ४१ जना महिलासहित २३७ जना पक्राउ गरेको छ । पक्राउ परेका फरार अभियुक्तहरुबाट १०८ वर्ष ४ महिना २९ दिन कैद र ३९ लाख ३२ हजार रुपैयाँ जरिवाना असुली भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ६, २०८१ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×