२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

नक्कली नोटसहित ५ जना पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी नामटारले बुधबार र बिहीबार गरी एक हजार दरका ५५ वटा नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

नक्कली नोटसहित ५ जना पक्राउ

प्रहरीले कैलाश गाउँपालिका–९ बाट सोही स्थानका १८ वर्षीय सीताराम थिङ, हेटौंडा–१४ का ३७ वर्षीय सुनील ढुंगाना र १८ वर्षीय रोजल ढुंगाना, मकवानपुगढी–४ का २० वर्षीय सोमराज थोकर र रामेश्वर अर्याललाई पक्राउ गरेको हो ।

प्रहरीले सीतारामको साथबाट १२ हजार, सुनील साथबाट ४२ हजार रुपैयाँ र रोजलको साथबाट एक हजार रुपैयाँको नक्कली नोट बरामद गरेको हो । प्रहरीले अनुसन्धानपश्चात् नक्कली नोटको कारोबारमा संलग्न रहेको देखिएपछि सोमराज र रामेश्वरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनील र रोजल बाबु/छोरा हुन् ।

प्रहरीले पाँचै जनालाई मुद्रासम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : वैशाख २८, २०८१ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?