कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५

जुधेर मर्‍यो १२ वर्षकाे भाले गैंडा

चितवन — चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैंडा मृत फेला परेकाे छ । निकुञ्जकाे टाेलीले शनिबार भरतपुर महानगरपालिका-१३ मा पर्ने बेलसहर मध्यवर्ती सामुदायिक वन क्षेत्रकाे राप्ती नदी किनारमा अन्दाजी १२ वर्षको भाले गैंडा मृत भेटाएकाे हाे ।

जुधेर मर्‍यो १२ वर्षकाे भाले गैंडा

निकुञ्जका सुचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार एक आपसमा जुधेका कारण गैंडााकाे मृत्यु भएकाे हाे ।

गैंडा सानाे खाेल्साे जस्ताे अफ्ठ्यााराे ठाउँमा अड्केकाे थियाे । याेसहित निकुञ्ज र यसकाे मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षकमे हालसम्म १३ वटा गैंडा मरेकाे संरक्षण अधिकृत तिवारीले जानकारी दिए ।

गैंडा दुर्लभ वन्य जन्तु हाे । पछिल्लाे पटक तीन वर्षअघि भएकाे गणनामा देशभर ७५२ गैंडा रहेकाेमा चितवन निकुञ्जमा सबैभन्दा धेरै ६९४ गैंडा भेटिएका थिए ।

प्रकाशित : फाल्गुन १३, २०८० २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×