३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४
उपनिर्वाचन

चितवन–२ मा सबेरैदेखि मतदाताको चहलपहल

रमेशकुमार पौडेल

चितवन — आइतबार बिहान सात बजेबाट चितवन– २ मा उप–निर्वाचनको मतदान सुरू हुँदैछ । चितवन–२ को मतदान केन्द्रमा बिहान सबेरैदेखि मतदाता आएर लाइनमा बसेका छन् । भरतपुर महानगरपालिका–३ को चमेलीदेवी स्कुलको मतदान केन्द्रमा बिहान साढे पाँच नबज्दै मतदाता आउन सुरू भएको छ ।

चितवन–२ मा सबेरैदेखि मतदाताको चहलपहल

चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासहित चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र पर्ने १० वटा वडाहरू छन् । ४३ स्थानमा १३८ मतदान केन्द्रहरू तयार भएका छन् ।

चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार साँझ ५ बजेसम्म मतदान केन्द्र छिरेका मतदाताले मतदान गर्न पाउने छन् । मतदान सकिएलगत्तै मतपेटिकाहरू संकलन गरेर भरतपुर ल्याइने छ । भरतपुर दुरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुने छ ।

प्रकाशित : वैशाख १०, २०८० ०६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?