१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

नुवाकोटमा नेकपाको दाहाल-नेपाल पक्षको भेला

कृष्ण थापा

नुवाकोट — नुवाकोटमा नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षको जिल्लास्तरीय भेला गरिएको छ । 

प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेज र जनताको मताधिकार सम्मानको लागि संसद पुन:स्थापना गर्नुपर्ने मागसहित नेकपा नुवाकोटले जिल्ला भेला गरेको हो । भेलामा दाहाल–नेपाल समूहका जिल्ला कमिटी सदस्यहरुको बाक्लो उपस्थिति थियो । 

नुवाकोटमा नेकपाको दाहाल-नेपाल पक्षको भेला

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य वेदुराम भुसालले प्रधानमन्त्रीले जनताको अधिकारलाई कुल्चिने काम गरेको आरोप लगाएका छन् । यस्तै केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका सहईन्चार्ज हितबहादुर तामाडले मुलुकको राजनीति संगीन र जटिल बनेको बताए । उनले भने, ‘गठबन्धनको प्रक्रियाबाट अगाडि बढेका थियौं । त्यसमा कुठाराघात भएको छ ’, उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनतर्फ उन्मुख संविधानको चिरहरण गरेको नेता तामाङको भनाइ थियो ।

नेतृ बिमला सुवेदीले केपी ओली प्रतिगमनका मतियार भएको आरोप लगाइन् । अन्य वक्ताहरुले केपी ओलीको कार्यशैली र गतिविधि देशको संविधानविरुद्ध केन्द्रित भएकोले जनता सडकमा उत्रनुको विकल्प नरहेको बताएका थिए । जिल्लामा नेकपाको १ सय ६० जना जिल्ला कमिटी सदस्य छन् । जसमा ओली पक्षका २६ जना हाराहारीका जिल्ला कमिटी सदस्य रहेको दाहाल–नेपाल पक्षले जनाएको छ ।

आइतबारको भेलामा २ सयभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी थिए । यही १६ गतेदेखि वडातहमा भेला आयोजना गरिने नेकपाले जनाएको छ ।

प्रकाशित : पुस १२, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?