नुवाकोटमा नेकपाको दाहाल-नेपाल पक्षको भेला- वाग्मती - कान्तिपुर समाचार

नुवाकोटमा नेकपाको दाहाल-नेपाल पक्षको भेला

कृष्ण थापा

नुवाकोट — नुवाकोटमा नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षको जिल्लास्तरीय भेला गरिएको छ । 

प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेज र जनताको मताधिकार सम्मानको लागि संसद पुन:स्थापना गर्नुपर्ने मागसहित नेकपा नुवाकोटले जिल्ला भेला गरेको हो । भेलामा दाहाल–नेपाल समूहका जिल्ला कमिटी सदस्यहरुको बाक्लो उपस्थिति थियो । 

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य वेदुराम भुसालले प्रधानमन्त्रीले जनताको अधिकारलाई कुल्चिने काम गरेको आरोप लगाएका छन् । यस्तै केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका सहईन्चार्ज हितबहादुर तामाडले मुलुकको राजनीति संगीन र जटिल बनेको बताए । उनले भने, ‘गठबन्धनको प्रक्रियाबाट अगाडि बढेका थियौं । त्यसमा कुठाराघात भएको छ ’, उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनतर्फ उन्मुख संविधानको चिरहरण गरेको नेता तामाङको भनाइ थियो ।

नेतृ बिमला सुवेदीले केपी ओली प्रतिगमनका मतियार भएको आरोप लगाइन् । अन्य वक्ताहरुले केपी ओलीको कार्यशैली र गतिविधि देशको संविधानविरुद्ध केन्द्रित भएकोले जनता सडकमा उत्रनुको विकल्प नरहेको बताएका थिए । जिल्लामा नेकपाको १ सय ६० जना जिल्ला कमिटी सदस्य छन् । जसमा ओली पक्षका २६ जना हाराहारीका जिल्ला कमिटी सदस्य रहेको दाहाल–नेपाल पक्षले जनाएको छ ।

आइतबारको भेलामा २ सयभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी थिए । यही १६ गतेदेखि वडातहमा भेला आयोजना गरिने नेकपाले जनाएको छ ।

प्रकाशित : पुस १२, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्

नेफ्टा अवार्ड हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ का कारण स्थगित भएको नेफ्टा(नेपाल फिल्म टेक्निसियन) अवार्डको १० औं संस्करण फागुन अन्तिम सातामा हुने भएको छ । गत वर्षको चैत्र २२ मा टुँडिखेलमा गर्ने भनिएको यो अवार्ड फागुनमा हुनेमा आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले जनाएको हो ।

'भौतिक रुपमै हामी अवार्ड कार्यक्रम आयोजना गर्छौं । हाल जनजीवन सामान्य बन्दै गइरहेको र व्यापार व्यवसाय, यातायातसँगै फिल्म हल खुले । त्यसैले यो क्षेत्रलाई थप चलायमान बनाउन यहि वर्ष नै अवार्ड कार्यक्रम गर्न लागिएको हो,' आयोजक संस्थाका अध्यक्ष पुस्कर लामाले बताए ।

नेफ्टा र ड्रिम हाइ नेपालको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन माघ १० गते गरिने बताइएको छ । अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिने दिन नै कार्यक्रम हुने स्थान र मिति सार्वजनिक गरिने अध्यक्ष लामा बताउँछन् ।

प्रकाशित : पुस १२, २०७७ १९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×