कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

टीकाप्रसाद भट्ट

रामेछाप — प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस रामेछापले आइतबार साँझ जिल्ला सदरमुकाम मन्थलीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । स्थानीय देवकोटा चोकमा विभिन्न नारा लगाउँदै कंग्रेस कार्यकर्ताहरुले पुत्ला दहन गरेका हुन् । यसअघि बजारमा मसाल जुलुस प्रदर्शन गरिएको थियो ।

रामेछापमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

स्थानीय प्रशासनले विरोधका कार्यक्रम रोक्न तैनाथ प्रहरी र सशस्त्र प्रहरीकै अघिल्तिर कांग्रेस कार्यकर्ताहरुले पुत्ला दहन गरेका थिए । प्रहरीले राँके जुलुस र पुत्ला निभाउन पटक-पटक प्रयास गरे पनि प्रदर्शनकारीहरुले प्रहरीको प्रयासलाई विफल पारिदिएका थिए ।

जिल्ला सभापति लबश्री न्यौपानेले केपी ओलीको सर्वसत्तावादी निर्णयका विरुद्ध कांग्रेस आन्दोलनमा उत्रिएको बताएका थिए । कांग्रेसले सोमबार देशभर विरोधका कार्यक्रमको आयोजना गर्दैछ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार नै विभिन्न नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । विभाजित दाहाल–नेपाल समूहको जिल्ला समिति बैठकले समेत प्रधानमन्त्रीको संसद् विघटनको कदमप्रति कडा भर्त्सना गरेको थियो ।


प्रकाशित : पुस १२, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?