कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार आरोपी पक्राउ

सिन्धुली — १४ वर्षीया बालिका बलात्कार गरी फरार रहेका आरोपितलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका २ गागनका ४२ वर्षीय हेमबहादुर वम्जन छन् । 

बलात्कार आरोपी पक्राउ

बालिकालाई अपहरण गरी बेपत्ता बनाएको भन्दै पीडितले दिएको उजुरीका आधारमा खोजतलास गर्दा घरतर्फ आउँदै गरेका आरोपी वम्जनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । भदौ १२ गते गोठालो गएको समयमा वम्जनले बालिकालाई बलात्कार गरेको पीडित परिवारले जनाएको छ ।

घटना विवरणअनुसार बलात्कार गरी फरार रहेका वम्जनले मंसिर ३ गते बालिकालाई नियन्त्रण लिएर वेपत्ता बनाएका थिए । उनैले दिएको सूचनाका आधारमा बालिकालाई बारा जिल्ला निजगढ नगरपालिका ११, रतनपुरबाट प्रहरीले सकुशल उद्धार गरिसकेको छ ।

आरोपी वम्जनलाई बुधबार नै प्रहरीले अदालतबाट ६ दिन म्याद लिएको छ ।

प्रकाशित : पुस ८, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?