कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बनेपा पार्टी कार्यालयमा ओली समूहले लगायो ताला

काभ्रे — प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता तथा कार्यकर्ताले बनेपास्थित नेकपा पार्टी कार्यालयमा छुट्टै ताला लगाएका छन् ।

तत्कालीन एमालेले निर्माण गरेको कार्यालयमा लगाइएको पुरानो ताला हटाएर ओली समूहले अर्को ताला लगाएको हो । नेकपा जिल्ला कमिटी सदस्य कञ्चन अधिकारी, युवा संघ काभ्रेका अध्यक्ष विक्रम चौलागाईं लगायत ओली पक्षका नेता कार्यकर्ताले ताला लगाउँदै कार्यालय नछाड्ने बताए ।

तत्कालीन माओवादी केन्द्रको तर्फबाट जिल्ला अध्यक्ष रुकु चौलागाईं र तत्कालीन एमालेका तर्फबाट जिल्ला सचिव रहेका टोकबहादुर वाइवा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहमा छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा अध्यक्ष र सचिवले सोमबार विज्ञप्ति निकाल्दै पार्टी निर्णयको पक्षमा उभिन अपिल गरेका थिए । आइतबार नेकपाका जनवर्गीय संगठन मोर्चाको नाममा दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले बनेपामा विरोध र्‍याली निकालेका थिए ।

प्रकाशित : पुस ७, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?