कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडामा ‘होम आइसोलेसन’मा रहेकी संक्रमितको मृत्यु

प्रताप विष्ट

हेटौंडा — हेटौंडा उपमहानगरपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वडा नम्बर ५ की ६४ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।

हेटौंडामा ‘होम आइसोलेसन’मा रहेकी संक्रमितको मृत्यु

पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि होम आइसोलेसनमा रहेकी महिलाको मृत्यु भएको वडाध्यक्ष राजेश बानियाँले जानकारी दिए । ती महिलालाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै हेटौंडा उपमहानगरमा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । त्यस्तै थाहा नगरपालिका, मनहरी र बकैया गाउँपालिकामा २/२ जना तथा बागमती गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

प्रकाशित : मंसिर ५, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?