कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारीमा कोरोना देखिएपछि विदुर नगर दुई दिनका लागि बन्द

कृष्ण थापा

नुवाकोट — एक कर्मचारीमा कोरोना देखिएपछि विदुर नगरपालिका कार्यालय दुई दिनका लागि बन्द गरिएको छ । 

कर्मचारीमा कोरोना देखिएपछि विदुर नगर दुई दिनका लागि बन्द

बिहीबार विदुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गरी दुई दिन विदुर नगरपालिका कार्यालय तथा सम्पूर्ण वडा कार्यालयहरु बन्द रहने जानकारी गराएको हो ।

विदुर नगरपालिकाका कर्मचारीमा कोरोनो पोजिटिभ देखिएकोले सम्पूर्ण कर्मचारीहरु कन्ट्र्याक ट्रेसिङमा परी क्वारेन्टिनमा रहनु पर्ने भएकाले समुदायमा संक्रमण फैलन नदिनका लागि दुई दिन नगर र वडा कार्यालयहरु बन्द गर्नु परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर चापागाईंले बताए । यसअघि १३ नम्बर वडा कार्यालयमा एक कर्मचारीलाई कोरोना संक्रमित भेटिएपछि केही दिन कार्यालय बन्द गरेको थियो ।

प्रकाशित : कार्तिक २७, २०७७ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?