प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन

रासस

काठमाडौँ — वाग्मती प्रदेशमा प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन भएको छ । सोमबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित समारोहमार्फत मन्त्रालयका सचिव मतिना जोशी वैद्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

समितिका सदस्यमा प्रदेशस्तरका चारवटै सुरक्षा निकायका प्रमुख, प्रदेशको स्वास्थ्य निर्देशनालय, पशुपक्षी तथा मत्य विकास निर्देशनालयका प्रमुखहरुलगायत रहेको जनाइएको छ ।

समितिको बैठकले बर्डफ्लु नियन्त्रण विधेयक, २०६४ (चौथो संशोधन) लाई आवश्यक संशोधनका लागि पशु सेवा विभाग र कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई पठाउने निर्णय गरेको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष वैद्यले बर्डफ्लुले मानव स्वास्थ्यमा धेरै असर गर्ने हुँदा यसलाई देखापर्ने बित्तिकै नियन्त्रण गरिनुपर्ने बताए । बर्डफ्लुले कुनै पनि बेलामा समस्या पर्न सक्ने भएकाले यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा वाग्मती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाका निर्देशक डा रामप्रकाश प्रधानले हालसम्म नेपालमा बर्डफ्लुपीडित किसानहरुका लागि २३ करोड रुपैयाँभन्दा बढी राहत वितरण गरिसकिएको जानकारी दिए ।

प्रकाशित : कार्तिक २५, २०७७ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्

जोगबनीबाट ९ करोड रुपैयाँ बराबरको भाइमसला र झिलिमिली बत्ती भित्रियो

विनोद भण्डारी

विराटनगर — तिहार र छठ पर्वलाई लक्षित गरी जोगबनी नाकाबाट एक करोड रुपैयाँभन्दा बढी बराबरको झिलिमिली बत्ती र सवा आठ करोडको भाइमसला आयात भएको छ ।

विराटनगर भन्सारका तथ्यांक शाखा प्रमुख दीपक कार्कीका अनुसार यसपटक १ करोड ३ लाख मूल्य बराबरका १ लाख ७९ हजार ८९१ झिलिमिली बत्ती आयात भइसकेको छ । प्रमुख कार्कीका अनुसार उक्त बत्ती आयात हुने क्रम जारी छ । विहारको विधानसभा निर्वाचनका कारण तीन दिन नाका बन्द हुँदा आयात प्रभावित भएको हो ।

गत वर्ष यो नाकाबाट १ करोड ४८ लाख ३२ हजार मूल्य बराबरको र अघिल्लो वर्ष १ करोड ३९ लाख २० हजार मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको थियो । कार्कीले भने अरु एक सातासम्म यसको आयात हुन्छ ।

जोगबनी नाकाबाट यसपटक सोमबारसम्म फूल भने आयात भएको छैन । गत वर्ष यो नाकाबाट ५७ लाख ९६ हजार मूल्य बराबरको ६३ हजार ८२४ केजी फूल आयात भएको भन्सारको तथ्यांक छ । त्यसैगरी अघिल्लो वर्ष जोगबनी नाकाबाट ३५ लाख १२ लाख मूल्यको ६० हजार १८६ केजी फूल भारतबाट आयात भएको थियो ।

तिहार र छठ पर्वका नाममा मुलुकका सबै नाकाबाट सवा अर्ब मूल्य बराबरको भाइमसला भित्रिँदा जोगबनी नाकाको हिस्सामा ८ करोड २७ लाख ७६ हजार परेको छ । चालु आर्थिक वर्ष जोगबनी नाकाबाट नरिवल ५८ लाख ७१ हजार, काजु २ करोड ७७ लाख ३० हजार, हाडे बदाम ५ करोड ३ लाख ७१ हजार र किसमिस ८ लाख मूल्य बराबरको आयात भएको भन्सार कार्यालयको तथ्यांक छ ।

गत वर्ष यो नाकाबाट भाइमसलाको नाममा नरिवल, काजु, छोकडा र किसमिस २० करोड ९३ लाख १३ हजार मूल्यको आयात भएको थियो । भन्सारको तथ्यांकअनुसार गत वर्ष ५७ लाख ६८ हजार रुपैयाँ बराबरको नरिवल, २ करोड ४३ लाख ६६ हजारको काजु, १७ करोड ७५ लाख ४६ हजारको छोकडा र १६ लाख ३१ हजार बराबरको किसमिस आयात भएको थियो ।

प्रकाशित : कार्तिक २५, २०७७ ११:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×