कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङमा भएको ट्रक दुर्घटनामा १ जनाको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे—१ खयरघारीमा भैंसी बोकेको ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका ३१ बस्ने २४ वर्षका शेख अली अख्तर छन् ।

धादिङमा भएको ट्रक दुर्घटनामा १ जनाको मृत्यु

उनको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता लोकनाथ तिम्सिनाले बताए । घटनामा वीरगन्ज ३१ कै ४८ वर्षीय अफताव अन्सरी र वर्ष २४ का अलि हुसेन घाइते भएका छन् ।

घाइतेहरुको ट्रमा अस्पतालमा नै उपचार भइरहेको छ । दुर्घटनामा काठमाडौं लैजान लागेका १६ भैंसीमध्ये १० वटाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक २०, २०७७ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?