कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घूस रकमसहित प्रहरी हवल्दार पक्राउ

सुवास विडारी

मकवानपुर — घूस रकमसहित हेटौंडामा प्रहरी हवल्दार पक्राउ परेका छन् । शुक्रबार हेटौंडा–९, पशुपतिनगरमा घूस रकमसहित प्रहरी हवल्दारलाई रंगेहात पक्राउ गरिएको हो । 

घूस रकमसहित प्रहरी हवल्दार पक्राउ

पूर्वपश्चिम राजमार्गमा सवारी साधनसँग ३ सय घूस रकम लिँदै गर्दा उनलाई प्रहरीको ‘स्ट्रिङ अप्रेशन’को टोलीले पक्राउ गरेको हो । वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको सवारीसाधनलाई सहजीकरण गर्ने भन्दै इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत हवल्दार देवीलालप्रसाद ठाकुरले ३ सय रुपैयाँ घूस लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

जिल्ला प्रहरीको टोलीले ठाकुरलाई घूससहित रंगेहात पक्राउ गरेको र उनलाई तत्कालै निलम्बन गरिएको बताइएको छ । इप्रका पशुपतिनगरले ट्याक्टर, टिपर व्यवसायीलाई धेरै दु:ख दिएको भन्दै गुनासो परेपछि प्रहरीले अप्रेशन नै चलाउनुपर्ने अवस्था सिर्जना भएको थियो ।

निलम्बित हवल्दार ठाकुरसँगै अर्का प्रहरीलाई पनि नियन्त्रणमा लिइएको थियो । तर, उक्त प्रहरीको घूस लेनदेनमा प्रत्यक्ष संलग्ना नपाइएको भन्दै कारबाही नगरिएको प्रवक्ता रानाले जानकारी दिए ।

प्रकाशित : आश्विन २३, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?