कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाका कारण रामेछापमा अस्पताल, नगरपालिका र मालपोतका सेवा बन्द

टीकाप्रसाद भट्ट

रामेछाप — चिकित्सकसहित स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि रामेछाप जिल्ला अस्पतालमा अत्यावश्यकबाहेकका सेवा अनिश्चित समयलाई बन्द गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सकसहित ७ जनालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाका कारण रामेछापमा अस्पताल, नगरपालिका र मालपोतका सेवा बन्द

अस्पतालप्रमुख डा.रोशन ग्वाछाले विज्ञप्तिमार्फत अत्यावश्यकबाहेकका सबै प्रकारका उपचारसेवा शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको जनाएका छन् ।

यसै गरी रामेछाप नगरपालिकाले पनि कर्मचारीमा कोरोना संक्रमण फेला परेको भन्दै अर्को सूचना प्रकाशन नभएसम्म नगरपालिका बन्द रहने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेका अनुसार बजार बिहान १० बजेसम्म मात्र सञ्चालन गर्ने, आन्तरिक यातायात बन्द रहने र नगरपालिकाबाट अत्यावश्यक र विद्युतीय सेवा मात्र सञ्चालन हुनेछन् ।

सदरमुकाम मन्थलीस्थित मालपोत कार्यालयले समेत २९ गतेसम्म कार्यालय बन्द हुने जनाएको छ । बिहीबार सार्वजनिक भएको संक्रमितको सूचीमा मालपोत कार्यालयका कर्मचारी पनि छन् । जिल्लामा थपिएका २५ संक्रमितमा अधिकांश रामेछाप र मन्थली नगरपालिकाका छन् ।

प्रकाशित : आश्विन २३, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?