कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्दुक देखाएर नगद र गरगहना लुटपाट

सुवास विडारी

मकवानपुर — राक्सिराङ गाउँपालिका–१ स्थित घलेगाउँस्थित स्थानीय भीमबहादुर घलेको घरबाट बुधबार राति नगद र गरगहना लुटपाट भएको छ ।

मध्यरात करिब ५ जनाको समूहमा आएका लुटेराहरुले बन्दुक देखाएर मार्ने धम्की दिँदै नगद एक लाख २५ हजार र उनकी पत्नीको तिलहरी लुटेको हो ।

भीमबहादुर र उनका बुबा सुरवीरले भूकम्पका कारण क्षति भएको घरको पुनर्निर्माणको लागि दुईदिनअघि मात्रै रकम लिएर घरमा राखेका थिए । बाबुछोराले गरी एक लाख रुपैयाँ बुझेको रकम एकैठाउँमा राखेका थिए भने घरमा भएको थप २५ हजार गरी लुटेराले एक लाख २५ हजार लुटेको वडा नम्बर १ का अध्यक्ष कान्छाराम रुम्बाले जानकारी दिए ।

चोरी भएलगतै घलेले आफूलाई सम्पर्क गरेको र आफूले इलाका प्रहरी कार्यालय मनहरीलाई मौखिक जानकारी गराएको रुम्बाले बताए । राक्सिराङ अवैध लागूऔषध उत्पादन हुने ठाउँ हो । राक्सिराङमा पटक/पटक प्रहरी र गाँजा तस्करीबीच दोहोरो फायरिङ समेत हुने गरेको छ ।

प्रकाशित : आश्विन २२, २०७७ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?