२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

धादिङमा चरेससहित एक युवा पक्राउ

हरिहरसिंह राठौर

धादिङ — पृथ्वी राजमार्गको गजुरी आदमघाटमा ईलाका प्रहरी कार्यालय गजुरीले २० किलो लागूऔषध चरेससहित एक युवालाई पक्राउ गरेको छ ।

धादिङमा चरेससहित एक युवा पक्राउ

पक्राउ पर्नेमा धादिङ जिल्ला खनियावास २ तर्ची निवासी ३७ वर्षीय रेशमबहादुर तामाङ रहेका गजुरीस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विश्‍वराज खड्काले बताए । उनका अनुसार ती युवाबाट मोबाइल १ थान र ८ हजार रुपैयाँ नगदसमेत बरामद भएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन २१, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?