कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैंसे खोलामा ट्रक खस्यो, तीन जना घाइते

सुवास विडारी

मकवानपुर — त्रिभुवन राजपथअन्तर्गत् मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसेमा सवारी दुर्घटना भएको छ । भैंसेस्थित सुन्दरी मावि नजिकै शुक्रबार बिहान ट्रक दुर्घटनाहुँदा तीन जना घाइते भएका छन् ।

भैंसे खोलामा ट्रक खस्यो, तीन जना घाइते

ना ७ ख ४२५२ नम्बरको ट्रक सडकबाट करिब २० मिटर तल खोलमा खसेर दुर्घटना भएको भैसै प्रहरी पोस्टका इञ्चार्ज कुलबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते हुनेमा गाडीको चालक, सहचालक र अर्का एक जना व्यक्ति रहेका छन् ।

दुर्घटनामा सवारी चालक कलैया उपमहानगर–२ का ४० वर्षीय मिश्रीलाल राउत, सहचालक २३ वर्षीय कन्हैयालाल पटेल र गाडीमा सवार ३० वर्षीय अनिलकुमार कुसवाहा घाइते भएका छन् ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रकमा औषधिलगायत अन्य खुद्रा सामानहरु रहेको बताइएको छ । गाडीको स्टेयरिङ बिग्रिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रकाशित : आश्विन १६, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?