कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडाका ७४ वर्षीय कोरोना संक्रमितको मृत्यु

रमेशकुमार पौडेल

चितवन — मकवानपुरको हेटौंडा–९ घर भएका एक जना कोरोना संक्रमित ७४ वर्षीय पुरुषको उपचारको क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

हेटौंडाका ७४ वर्षीय कोरोना संक्रमितको मृत्यु

अस्पतालका निर्देशक डा.दायाराम लम्सालद्वारा शनिबार बिहान जारी विज्ञप्तिमा उल्लेख भएअनुसार शुक्रबार राति १२ बजेर १८ मिनेट जाँदा उनको निधन भएको हो ।

श्वासप्रश्वास र निमोनियाको समस्या भएका कारण उनी असोज ३ गते अस्पताल भर्ना भएका थिए । परीक्षणपछि उनलाई कोरोना संक्रमण भएको शुक्रबार मात्रै पुष्टि भएको थियो । उनको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको थियो ।

योसहित चितवनमा कोरोना संक्रमित ३६ जनाको निधन भएको छ । तीमध्ये १८ जना चितवनका हुन् । अरु उपचारका लागि भरतपुर आएका चितवन बारिहका व्यक्तिहरु हुन् ।

प्रकाशित : आश्विन १०, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?